सुचना, समाचार र मनोरन्जन

दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  •  
  •  
  •  
  •  

काठमाडौं /  

आफ्नै श्रीमती ४६ वर्षीया सुर्जामाया तामाङलाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको अभियोगमा इलामको देउमाई नगरपालिका-४ चित्रे डेरा गरी बस्ने भोजपुर ओख्रे घर भएका ४५ वर्षीय ताक बहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

ताक बहादुरले आफ्नै श्रीमतीलाई दाउ प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई हतियार सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट्स
Loading...