सुचना, समाचार र मनोरन्जन

अनलाइन क्विज राष्ट्रव्यापी प्रतियोगीता सम्पन्न, बुटवलका युवराज पन्थी प्रथम

  •  
  •  
  •  
  •  

काठमाडौं /  नेपाल कलेज स्कुल मेला अनलाइन क्विज राष्ट्रव्यापी प्रतियोगीतामा न्यु होराइज बोर्डिङ स्कुल बुटवलका युवराज पन्थी प्रथम भएका छन्। कलेज रिडर्स नेपालको आयोजना तथा प्याब्सन, एनप्याब्सन र हिसानको सहकार्यमा भएको प्रतियोगीतमा द्धितिय कान्ती सेकेण्डरी स्कुल बुटवलका अशोक आचार्य र तृतिय तुलसी बोर्डिङ स्कुलका आर्जन बस्नेत भएका छन्।

उनीहरुलाई क्रमश : २५०००, १५,०००, १०,००० र सान्वना ३ जनालाई जनहि ३ हजार प्रदान गरिएको हो।  देशभरबाट करिब २ सय वटा विद्यालयका विद्धार्थी सहभागी भर्चुअल प्रतियोगीतामा विभिन्न चरणमा विद्यार्थीलाई प्रतिस्पर्धा गराइएको आयोजक प्रमुख जितेन्द्र घिमिरेले जानकारी दिए।  ‘विभिन्न चरण पार गर्दै फाइनल चरणमा ६ जना विद्यार्थी छनोट हुनुभएको थियो’, घिमिरेले भने।

शनिबार भएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको प्रमुख आतिथ्यता रहेको थियो। उनले देशका विभिन्न क्षेत्रमा यस्ता खालका कार्यक्रम आवश्यक रहेको बताए। ‘विद्यार्थीको बौद्धिकता बढाउन यस्ता कार्यक्रम फलदायी हुने र मैले विद्यार्थीका लागि आवश्यक सुविधाका लागि मन्त्रालयमा थप पहल गर्नेछु’, भर्चुअल संवाद मार्फत उनले भने, ‘विद्यार्थीहरू देशका खम्बा हुन्। उनीहरुको क्षमता तथा सिप विकास गर्न गरिने यसका कार्यक्रमले विद्यार्थी, विद्यालय तथा सिंगो समाजलाई सकारात्मक  प्रभाव पर्छ।’

कार्यक्रमका अतिथि प्याब्सन नेपालका अधयक्ष टिकाराम पुरीले कोभिड-१९ को यो माहामारीमा विद्यार्थीलाई प्राथमिकतामा राखेर अध्ययनको क्षेत्र फराकिलो बनाउनुपर्ने जोड दिए।  ‘हाजीरीजवाफ प्रतियोगीता जस्ता कार्यक्रमले विद्यार्थीलाई पढाई बाहेक अन्य क्षेत्रमा पनि अध्ययनशिल बनाउन महत्वपूर्ण भूमिका खेल्छ। हामी यसका खालका कार्यक्रमलाई थप शसक्त बनाउन चाहन्छौं। सबैलाई सहकार्यका लागि आव्हान गर्छौं’, पुरी भने।

प्रतियोगीताको संयोजक दिपिका थापा रिमालले गरेकी थिइन् भने क्विज मास्टर अर्जुन चापागाईले गरेका थिए।

चापागाईँले प्रतियोगीतामा आएका विद्यार्थीहरूको क्षमता अदितिय रहेको बताए। विद्यार्थीहरूले कोर्सका किताब बाहेक देश र दुनियाँमा रहेका विभिन्न क्षेत्रको विषयमा अध्ययन बढाउनु भनेको खुशीको विषय रहेको बताए। यस्ता कार्यक्रमले विद्यार्थीको क्षमतामा थप निखार आउने उनको दावि थियो।  कलेज रिडर्सले विगत १० वर्षदेखि विद्यार्थी र विद्यालयको क्षेत्रमा काम गर्दै आएको छ। घिमिरेका अनुसार संस्थाले विद्यार्थीको लेखन अभिवृद्धि, वाचन तथा नेतृत्व विकासका लागि काम गर्दै आएको छ। ‘यो वर्ष कोरोनाको कारण घरमा बसिरहेका विद्यार्थीका लागि केही उपयोगी काम गरौं भनेर क्विज कार्यक्रम ल्याएका हौं’, उनले भने।

कमेन्ट्स
Loading...