सुचना, समाचार र मनोरन्जन

डिशहोमले युरो कपको प्रत्यक्ष प्रसारण गर्ने

  •  
  •  
  •  
  •  

पोखरा /

नेपालको डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले युरो कपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरो कपको प्रत्यक्ष प्रसारण हेर्न सकिने भएको हो ।

डिशहोमबाट हुने युरो कपको प्रत्यक्ष प्रसारण नेपाली र अंग्रजी दुबै भाषामा कमेन्ट्री सुन्न सकिन्छ, इन ब्युल्ट भाषा चाहिँ अंग्रजी कमेन्ट्री हुनेछ । तर ग्राहकले रिमोटबाट नेपाली भाषामा समेत कमेन्ट्री हेर्न सक्छन् ।

डिशहोमका ग्राहकले रिमोटमा रहेको पहेलो रंगको अडियो बटनमा थिचेर नेपाली भाषामा कमेन्ट्री हेर्न सक्ने छन् । यदि त्यहाँ अंग्रजीमा आइरहेको छ भने अडियो बटन थिचेपछि नेपाली भाषामा आउने र नेपालीमा आइरहेको छ भने अंग्रेजीमा आउने कम्पनीले जनाएको छ ।

डिशहोमको एक्सन स्पोर्ट्स च्यानल अरू केबल अपरेटरहरुमा पनि उपलब्ध रहेको छ । त्यहाँ पनि रिमोटमा अडियो परिवर्तन गर्न सक्ने सुविधा भए भाषा परिवर्तन गर्न सकिनेछ ।

डिशहोमको एक्सन इस्पोर्ट्स एचडी च्यानल क्लियर टिभी ९च्यानल नम्बर ५४३०, सीम टिभी ९च्यानल नम्बर १०५ र ९९१० , मेरो टिभी ९च्यानल नम्बर ९०००, नेट टिभी ९च्यानल नम्बर ५२९०, डिओइएन टिभी ९च्यानल नम्बर ४२००० र प्रभु टिभी ९च्यानल नम्बर ७१६० बाट पनि हेर्न सकिने छ ।

साथै डिशहोमको च्यानल नम्बर १०५ मा एसडी र ९९१ मा एचडी क्वालिटीमा एक्सन स्पोर्ट्स च्यानल हेर्न सकिने छ । युरो कप सन् २०२० मा सञ्चालन गर्ने तय भएपनि कोरोना महामारीका कारण स्थगित भएपछि सन् २०२१ मा शुरू भएको हो । युरो कप २०२१ जुन ११ देखि जुलाई ११ सम्म हुँदैछ । युरो कपमा कुल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा ९ टिम पूर्व विजेता रहेका छन् ।

कमेन्ट्स
Loading...