सुचना, समाचार र मनोरन्जन

युरो कपको विजेता प्रेडिक्ट गर्दा लक्ष्मी बैंकले इन्टरनेट निःशुल्क दिने

  •  
  •  
  •  
  •  

पोखरा /

लक्ष्मी बैंकले एफ(वान सफ्टसँग मिली ‘प्रिडिक्ट एण्ड विन’ क्याम्पेन ल्याएको छ । हाल आयोजना भईरहेको युरो कप २०२१ को सुरुवातसंगैै बैंकले उक्त क्याम्पेन ल्याएको हो ।

यो क्याम्पेन युरो कप २०२१ सुरु भएको दिन जुन ११ देखि शुरु भई अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ । यस क्याम्पेनमा ५ जना भाग्यशाली विजेताहरुले ५० एमबीपीएसको १ वर्ष अवधिको ईन्टरनेट सब्स्क्रिपशन निःशुल्क पाउन सक्नेछन् ।

यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गरेको हुनुपर्दछ र मोबाईल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सक्नेछन् । मोबाईल मनी को ’फोन(पे डैरेक्ट’ वा इन्टर बैंक फण्ड ट्रान्सफर (आईबीएफटी), अन्तर बैंक नगद ट्रान्स्फरबाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ । यति गरेपछि नै यस क्याम्पेनमा सहभागी हुन सकिनेछ ।

क्याम्पेनको अवधिपछि युरो कपे विजेता देशको सही अनुमान गर्ने ग्राहकहरु मध्येबाट लक्की ड्र मार्फत ५ जनालाई विजेता घोषणा गरिनेछ । विजेता ग्राहकले १ वर्षको ईन्टरनेट सब्स्क्रिप्सन निशुल्क पाउनेछन् । जति धेरै पटक नगद ट्रान्स्फर गर्यो, त्यति नै धेरै जित्ने मौका पाइने बैंकले जनाएको छ ।

कमेन्ट्स
Loading...