सुचना, समाचार र मनोरन्जन

सेबोनको विज्ञप्तिमा लगानीकर्ताको आपत्ति

  •  
  •  
  •  
  •  

पोखरा /

नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघ नेपालले नेपाल धितोपत्र बोर्ड(सेबोन)ले ५१ वटा कम्पनीको नाम तोकेर लगानी जोखिम भएको भनेर निकालेको विज्ञप्तीमा विरोध जनाएका छन् ।

मंगलबार सेबोनले ५१ वटा सूचीकृत कम्पनीलाई जोखिमयुक्त भन्दै विचार गरेर लगानी गर्न सुझाव दिंदै विज्ञप्ति प्रकाशित गरेको थियो ।

नियामक निकायले कुन कम्पनी जोखिम युक्त छ भनेर भन्दै हिड्न नहुँने लगानीकर्ता संगठनको धारणा छ । धितोपत्र बोर्डले सार्वजनिक निष्कासनको लागि अनुमति दिएपछि लगानीकर्ता कतिसम्म लगानी गर्न पाउने आफ्नो अधिकार भएको संगठनको माग छ ।

बोर्डले नेप्सेमा सूचिकृत कम्पनीमा लगानी गर वा नगर भन्नु कानून विपरित भएको लगानीकर्ता संगठनले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट्स
Loading...