सुचना, समाचार र मनोरन्जन

हत्या गरेको अभियोगमा १ पक्राउ

  •  
  •  
  •  
  •  

काठमाडौं /  कानेपोखरी गाउँपालिका-२ बस्ने ३० वर्षीया सरिता सोरेन बास्केको हत्या गरेको अभियोगमा रतुवामाई नगरपालिका-६ डेरा गरी बस्ने ३२ वर्षीय सुफल हस्दालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

गत बैशाख १८ गते राति रतुवामाई नगरपालिका-४ सिङगारीस्थित मकैबारीमा सरिता मृत अवस्थामा फेला परेको घटनाको  अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सुफलको संलग्नता देखिएपश्चात उनलाई कञ्चनपुरबाट पक्राउ गरेको हो।

उनी उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

कमेन्ट्स
Loading...