सुचना, समाचार र मनोरन्जन

काबुलस्थित अमेरिकी दूतावासमा कोभिड–१९ बाट ११४ संक्रमित, एकको मृत्यु

  •  
  •  
  •  
  •  

अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासमा अत्यधिक व्यक्तिमा कोभिड–१९ संक्रमणपछि दुतावास क्षेत्रलाई लकडाउन गरिएको छ।

दुतावासका एक कर्मचारीको मृत्यु भएको र ११४ कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएको युएसए टुडेले दुतावास अधिकारीलाई उद्धृत गरी जानकारी गराएको छ।

धेरै कर्मचारी संक्रमित भएपछि अमेरिकी अधिकारीहरुले अस्थायी कार्यस्थल बनाई प्रशासनिक कामलाई निरन्तरता दिइएको बताइएको छ। दूतावासको स्वास्थ्य एकाईका कर्मचारी शेन पियर्सद्वारा जारी सूचनामा भनिएको छ, ‘कोभिड–१९ को संक्रमण काबुलस्थित अमेरिकी नियोगमा समेत देखिएको छ। शुक्रबारसम्म दुतावासका ११४ जना संक्रमित भेटिएका छन् भने एकको मृत्यु भएको छ।’

दुतावास स्रोतका अनुसार अमेरिकी सैनिक अस्पतालमा सघन उपचार एकाइ तयार गरी अक्सिजन चाहिने कर्मचारीहरूलाई सेवा दिइएको छ। भाइरसको पछिल्लो प्रकोपले विभिन्न देशमा रहेका अमेरिकी वैदेशिक सेवा संघ (एएफएसए) लाई प्रभाव पारेको छ।

अमेरिकी राष्ट्रपति जो बिडेनलाई विदेशमा रहेका सबै सरकारी कर्मचारीहरूलाई केही अपवादको साथ खोप लगाउन पनि आग्रह गरेका छन्। एएफएसएका प्रमुख एरिक रुबिनले भने, ‘हाम्रो बुझाइ यो छ कि विश्वका प्रत्येक नियोग तथा दूतावासका लागि पर्याप्त खोप रहेको छ यसलाई समयमै लगाउन प्रशासनले आग्रह गर्दछ।’

अफगानिस्तानमा देशब्यापी संक्रमणपछि गत हप्ता, अफगानिस्तानका अमेरिकी कूटनीतिक नियोगले दूतावासको कन्सुलर सेक्सनमा भिसा सञ्चालनलाई स्थगित गरेको थियो। दुतावासमासमेत प्रकोपको असर भेटिएपछि दूतावासको कन्सुलर सेक्शनले जुन १३ देखि अनिश्चित समयका लागि अति आवश्यक बाहेकका काम स्थगित गरिरहेको छ। जोन्स हकिन्स विश्वविद्यालयका अनुसार अफगानिस्तानमा हालसम्म ९६ हजार ५३१ व्यक्तिमा कोभिड–१९ संक्रमण भएको छ भने संक्रमितमध्ये तीन हजार ८४२ जनाको मृत्यु भएको छ।

कमेन्ट्स
Loading...