सुचना, समाचार र मनोरन्जन

मौसम पूर्वानुमान : आज पनि देशका अधिकांश स्थानमा भारी वर्षा, सतर्क रहन आग्रह

पहिरो र गेग्रान बहावको सम्भावना

  •  
  •  
  •  
  •  

मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्र र तटीय क्षेत्रमा बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मनसुनी वायुको प्रभाव र देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण आज देशका अधिकांश स्थानमा वर्षाका साथै प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

महाशाखाले आज प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भीषण वर्षा र एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

कमेन्ट्स
Loading...