सुचना, समाचार र मनोरन्जन

महाकाली नदीको टापुमा फसेका ३ जनाको सकुशल उद्दार

  •  
  •  
  •  
  •  

काठमाडौं :   पानीको बाहाब बढ्न गई महाकाली नदीको टापुमा फसेका भिमदत्त नगरपालिका-१० गड्डाचौकी बस्ने २४ वर्षीय राजेन्द्र टमटा, २० वर्षीय राम टमटा र २८ वर्षीय पर्मा तिरुवालाई शुक्रबार राति सकुशल उद्दार गरिएको छ।

शारदा ब्यारेजस्थित कालीझाला जंगलबाट भैसी लिएर घर फर्कने क्रममा उक्त टापुमा उनीहरु फसेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, ईलाका प्रहरी कार्यालय गड्डाचौकी र उत्तराखण्ड भारतीय जल प्रहरी समेतबाट संयुक्त रुपमा खटिएको टोलीले उनीहरुको सकुशल उद्दार गरेको हो।

उद्दार गरिएका तीनै जनालाई आफन्तको जिम्मा लगाई पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट्स
Loading...