सुचना, समाचार र मनोरन्जन

अवैध लागूऔषध सहित  १ पक्राउ

  •  
  •  
  •  
  •  

काठमाडौं /  दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगर पुल नजिकबाट २८ ग्राम अवैध लागूऔषध अफिमको चोप सहित भारत घर हुने २० वर्षीय आसिप खानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले भारततर्फ गईरहेका उनलाई जाँच गर्नेक्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट्स
Loading...