सुचना, समाचार र मनोरन्जन

नेपाल धितोपत्र बोर्ड बिरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

पोखरा /

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड(सेबोन)विरूद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

अधिवक्ता रबिन बोहजुले दायर गरेको रिटअनुसार उनको निर्विवाद हक (अनडिस्प्युटेबल राइट) मा असर पारेको नदेखिएका कारण अन्तरिक आदेश दिन आवश्यक नभएको बताएको हो ।

सेबोनले असार १ गते सार्वजनिक गरेको लगानी गर्न जोखिमयुक्त ५१ कम्पनीको सूची खारेजी गर्ने आदेश पाउँ भन्दै सर्वोच्चमा मुद्दा परेको थियो । सर्वोच्चले सूचीबारे १५ दिनभित्र जवाफ दिन बोर्डलाई निर्देश गरेको हो ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds