पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बागलुङको धौलागिरी अस्पतालमा पुरानो मितिमा भएको परीक्षणको एकमुष्ट नतिजा प्राप्त भएकाले संक्रमितको संख्या बढी देखिएको बताएको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ र ४ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५४ हजार ४७० पुगेको छ । तीमध्ये हालसम्म ५ लाख ६४ हजार ८८२ जना निको भएका छन् भने ८ हजार ८१३ जनाको मृत्यु भएको छ ।

नेपालमा ५ लाख ६४ हजार ८८२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९०.२ प्रतिशत रहेको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।