सुचना, समाचार र मनोरन्जन

अनेकौं आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको छु : प्रधानमन्त्री ओली

गौरादह नगरपालिका वडा न. ६ स्थित डोरामारी मा.वि विद्यालय भवनको भर्चुअल शिलान्यास । देशलाई ताजा जनादेश तिर जान नदिने, चौतर्फी प्रयास भइरहेको भनाई ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुद्दा मामिला, झुठा आरोप र अनेकौं आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटरबाटै गौरादह नगरपालिका वडा न. ६ स्थित डोरामारी मा.वि विद्यालय भवनको भर्चुअल शिलान्यासपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो कुरा बताएका हुन् । विगत ३० वर्षमा नभएका परिमाणमा पछिल्ला तीन वर्षमा देशभरी भएको उल्लेख गर्दै प्रधानमन्त्रीले काम गर्ने भिजन र अठोट भएको सरकार हुनु र नहुनुमा कति अन्तर हुन्छ भन्ने कुरा यसले स्पष्ट गरेको समेत उल्लेख गरे ।

जम्मा दुई वर्ष मात्र राम्ररी काम गर्ने वातावरण पाइयो, त्यसपछि डेड वर्ष त कोभिडसँग लडेर र कहिले के नाममा कहिले के नाममा आफ्नै पार्टीबाट समेत भााँजो हाल्ने प्रयाससँग लड्नु पर्यो, उनले बताए । अहिले पनि देशलाई ताजा जनादेश तिर जान नदिने, चौतर्फी प्रयास भइरहेको भनाई उनको थियो । ‘न त भएको सरकारलाई काम गर्न दिने न त वैकल्पिक सरकार नै दिने यस्तो अवस्थाबाट पार पाउनका लागि जनतामा जान सरकार कृतसंकल्पित छ’, उनले भने । भवन शिलान्यासबाट डोरामारीका जनताको भौतिक सुविधा सम्पन्न आधुनिक भवनमा शिक्षा दिने आकांक्षाले मूर्त रुप पाउन आँटेको धारणा उनको थियो ।

आफूले चुनावकै बेलामा पनि जनताको यस्तो आकांक्षा बुझेको र अहिले सोचेभन्दा राम्रो भवन डोरामारी माविलाई उपलब्ध हुने अवस्था बन्नु खुसीको विषय भएको धारणा पनि उनको थियो । यसका साथै अहिले दमक औद्योगिक पार्कको निर्माणबारे लगानीबोर्डमा छलफल भइरहेको तथा हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्ग बारे असाधारण काम भएको पनि उनले उल्लेख गरे । ‘तर देशलाई अघि बढन नदिने र विकास गर्ने सरकारलाई ढालेर छोड्ने विभिन्न रंगका तत्वहरु कृयाशिल छन् ।

आफ्नै पार्टीको सरकार ढालेर अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन खोज्ने सम्मको निर्लज्ज तत्वहरु मेरै पार्टीमा देखा परे, उनले भने । अहिले आफ्ना प्रतिद्वन्द्वीहरुले आफ्नो व्यक्तिगत नभई लोकतान्त्रिक अभ्यासको विरोध गरेको र अनैतिक समाज निर्माण गर्ने प्रयास भएको पनि प्रधानमन्त्रीले बताए ।

सामाजिक सञ्जालमा प्रयुक्त भाषाले हाम्रो गौर पूर्ण भाषालाई अधोपतनतर्फ लगिँदै गरिएको पुष्टी गर्ने समेत उहाँले उल्लेख गरे । सम्बोधनमा प्रधानमन्त्री ओलीले विद्यालय भवन निर्धारित समयमैे एवं गुणस्तरमा सम्र्झाता नगरी विद्यालय भवन निर्माण सम्पन्न हुने विश्वास पनि प्रधामन्त्रीले व्यक्त गरे ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds