नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आज बिहानैदेखि समस्या आएको छ। बुधबार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्याले सेवाग्राही समस्यामा परेका छन् ।
टेलिकम प्रधान कार्यालयले दिएको जानकारीअनुसार अहिले मर्मत कार्य जारी रहेको छ। मोबाइल नम्बर डायल गर्नासाथ कल सकिएको संकेत देखिने गरेको छ । यसो हुनुको कारण खुलेको छैन ।
टेलिकमका मोबाइलमा फोन नलाग्ने, मेसेज नजाने, इन्टरनेट नचल्नेजस्ता समस्या देखिएको प्रयोगकर्ताहरूले गुनासा गरेका छन्। टेलिकमको ल्याण्डलाइन फोनमा भने समस्या छैन। बिहान साढे ६ /७ बजेदेखि फोन नलाग्ने समस्या आएको हो ।
