सुचना, समाचार र मनोरन्जन

साढे २ घन्टापछि भयो नेपाल टेलिकमको मोबाइल नेटवर्क समस्या समाधान

नेपाल टेलिकमको मोबाइलमा देखिएको फोन नलाग्ने समस्या हटेको छ। टेलिकमको कोर सिस्टममा समस्या आएपछि बुधबार बिहान साढे ६ बजेदेखि मोबाइल नम्बरमा फोन नलाग्ने समस्या थियो ।

समस्या देखिएपछि टेलिकमले मर्मत थालेको थियो। टेलिकमले सिष्टममा समस्या भएको बताए पनि के कारणले देशैभर एकैपटक यस्तो समस्या देखिएको भन्नेबारे खुलाएको छैन।

नेपाल टेलिकमका सूचना अधिकारी तिलक शर्माका अनुसार अहिले त्यो समाधान भएको छ । ‘कल आवागमनमा समस्या थियो, मर्मतपछि समाधान भइसक्यो,’ उनले भने।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds