सुचना, समाचार र मनोरन्जन

कोभिड रोकथाममा पोखरा महानगरको नीति : नागरिकको जीवन रक्षा केन्द्रित कार्यक्रम ल्याइने

पोखरा /

कोभिड १९ नियन्त्रणका लागि पोखरा महानरपालिकाले नागरिकको जीवन रक्षा केन्द्रीत कार्यक्रम ल्याउने भएको छ ।

महानगरको नवौं नगर सभामा आगामी आर्थिक बर्ष २०७८ र ०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर मानबहादुर जीसीले विगतबाट संचालित आइसोलेसन तथा हालै स्थापित अस्पताल वार्डको सुसंचालन गरिने जानकारी गराए । उनले जनशक्ति व्यबस्थापन गरि पिसिआर परीक्षणको दायरालाई बढाइने बताए । अग्र पंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको जोखिम भत्तालाई निरन्तरता दिइने नीति महानगरको छ ।

महानगरले कोभिड बाट निधन भएका व्यक्तिहरुको शव व्यवस्थापनको कार्यलाई गुनासो रहित तवरमा व्यब्स्थापन गर्ने भएको छ । निधन भएका व्यक्तिहरुको शव व्यवस्थापनको लागि उपयोग गरिएको स्थानलाई पार्कको रुपमा विकाद गर्ने मेयर जीसीले बताए । उनका अनुसार कोरोनाका कारण विभिन्न व्यवसायमा प्रभाव पर्न गएका व्यबसायीहरुलाई समय सिमा दिई विभिन्न प्रकारका कर छुट तथा राहतको व्यवस्था गरिनेछ ।

वैदेशिक रोजगारीबात फर्केका व्यक्तिहरुलाई लक्षित गरिएका कार्यक्रमहरुलाउइ निरन्तरता दिइने उनले बताए । कोभिड नियन्त्रणका लागि गत आर्थिक वर्षमा विनियोजित बजेटको आधारमा तथा दोस्रो लहरबाट प्राप्त सिकाइको आधारमा आवश्यक बजेट विनियोजन गरिने जानकारी उनले गराए । आउन सक्ने तेस्रो लहरको कोरोनाका लागि पनि महानगर सजक रहेको उनले बताए ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds