सुचना, समाचार र मनोरन्जन

अमिर खान र किरण रावको १५ वर्षको विवाहसम्बन्ध अन्तत टुंगियो

  •  
  •  
  •  
  •  

बलिउड अभिनेता आमिर खानले श्रीमतिसँग सम्बन्धविच्छेद गरेका छन्। श्रीमति किरण रावसँग १५ वर्षको यात्रा सहमतिमा टुंगिएको बताएका छन्।

उनीहरूले २००५ को डिसेम्बरमा बिहे गरेका थिए। आमिर र किरणले सम्बन्ध विच्छेदको बारेमा आधिकारिक विज्ञप्ति पनि जारी गरेका छन्। ‘१५ वर्षमा हामीले सँगै बितायौं, हामी प्रत्येक क्षण हाँस्नका साथ बाँच्यौं र हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमको साथ बढ्दै गयो।

अब हामी आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्नेछौं – जुन पति र पत्नी जस्तो हुँदैन’, विज्ञप्तिमा लेखिएको छ, ‘हामीले हाम्रो अलग्गै योजना बनाएको थियौं र अब हामी छुट्टै बस्नेछौं।

हामी छोरा आजादको अभिभावकत्वमा कुनै कसुर बाँकी राख्ने छैनौं।’ सम्बन्ध विच्छेद भएपनि फिल्म र हाम्रो पानी फाउन्डेशन लगायत सबै प्रोजेक्टहरूमा एकसाथ काम जारी राख्ने दुवैले बताएका छन्।

कमेन्ट्स
Loading...