सुचना, समाचार र मनोरन्जन

गैरआवासीय नेपाली पत्रकार महासङ्घ गठन, अध्यक्षमा योगी

  •  
  •  
  •  
  •  

प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारले गैरआवासीय पत्रकार महासङ्घ गठन गरेका छन् । भर्चुअल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको भेलाले बिबिसी नेपाली सेवाका पूर्व पत्रकार भागिरथ योगीको अध्यक्षतामा नौ सदस्यीय महासङ्घ गठन गरेको हो ।

प्रवासी नेपालीको साझा संस्था गैरआवासीय नेपाली सङ्घ एनआरएनएसँग सहकार्य गरी काम गर्ने बताइएको छ । महासङ्घले नेपालबाहिर भारतलगायत मुलुकमा क्रियाशील नेपाली तथा नेपाली मूलका पत्रकारलाई पनि समेट्ने गरी आगामी ९० दिनभित्र सङ्घको विधान बनाई त्यसको १८० दिनभित्र नयाँ कार्यसमिति गठन गरिसक्ने जनाएको छ ।

महासङ्घका राष्ट्रिय शाखा भने तत्काल गठन गरिने नवनियुक्त योगीको भनाइ छ । महासङ्घको उपाध्यक्षमा तोया दाहाल अमेरिका, उपाध्यक्षमा श्याम लुइँटेल युके, महासचिवमा कृष्ण केसी अमेरिका रहेका छन् । यसैगरी सचिवमा अनिल अधिकारी अमेरिका, छत्र शङ्कर अष्ट्रेलिया, खगराज गौतम जापान, अनुजा बुढाथोकी साउदी अरेबिया र सह कोषाध्यक्ष महेश खाती डेनमार्क रहेका छन् । त्यस्तै सल्लाहकारमा डा।भरतराज पौडेल अस्ट्रेलिया तथा डा।जगन अधिकारी युके रहेका छन् । यस्तै जुन देशमा महासङ्घ दर्ता हुन्छ, त्यही देशबाट कोषाध्यक्ष मनोनयन गरिने जनाइएको छ ।

गैरआवासीय नेपाली पत्रकार महासङ्घ नेपालबाहिर बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा युरोपका कुनै एक देशमा दर्ता गरिने जनाइएको छ । त्यस्तै सल्लाहकारमा डा।भरतराज पौडेल अस्ट्रेलिया तथा डा.जगन अधिकारी युके रहेका छन् ।

बितेको एक दशकमा नेपालबाहिर नेपाली अनलाइन पोर्टल लगायतका सञ्चारमाध्यमको उल्लेख्य वृद्धि भएको छ । तिनको दीगोपना र गुणस्तरमा भने समस्या देखिएको छ । त्यस्तै प्रवासमा क्रियाशील सबै पत्रकारलाई मान्य हुने गरी आचारसंहिताको विकास गर्नुपर्ने आवश्यकता पनि देखिएको बताइएको छ । साथै अमेरिका, युरोप, अस्ट्रेलिया लगायतका मुलुकमा क्रियाशील नेपाली पत्रकारका संस्थासँग सहकार्य गरी प्रवासमा नेपाली पत्रकारितालाई अरू बढी गरिमापूर्ण र व्यावसायिक बनाउन महासङ्घ गठन गरिएको महासङ्घका अध्यक्ष योगी बताउँछन् ।

महासङ्घले विदेशमा रहेका नेपाली पत्रकारलाई सङ्गठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने, सञ्चार क्षेत्रको विकासका लागि नेपालमा रहेका पत्रकारितासँग सम्बन्धित सङ्घसंस्थासँग सहकार्य गर्ने, प्रवासमा नेपाली भाषा, कला, संस्कृति र नेपाली पहिचानको प्रवद्र्धनका लागि काम गर्ने जनाएको छ ।

कमेन्ट्स
Loading...