सुचना, समाचार र मनोरन्जन

‘नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपतिलाई बनाउनुपर्छ’

काठमाडौं/ युवा तथा खेलकुदमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल स्काउटको प्रमुख संरक्षक राष्ट्रपतिलाई बनाउनुपर्ने बताएका छन्। नेपाल स्काउटको गरिमा र उचाइलाई बढाउन राष्ट्रपतिलाई संरक्षक बनाउनुपर्ने उनको भनाइ छ।

आइतबार काठमाडौं उपत्यकाभित्रका स्थानीय स्काउट समितिको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अन्य देशमा पनि स्काउटको प्रमुख संरक्षक राष्ट्राध्यक्ष रहने गरेको बताए।

मन्त्री श्रेष्ठले राष्ट्रपति भण्डारीकै निर्देशन अनुरुप आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत १३ हजार विद्यालयमा स्काउट अनिवार्य गरिएको बताए।

कमेन्ट्स
Loading...