सुचना, समाचार र मनोरन्जन

अन्तर्राष्ट्रिय समुदायसमक्ष ग्रेटर नेपालको आवाज

काठमाडौं /

जेनेभामा फेरि ग्रेटर नेपाल ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायसमक्ष ग्रेटर नेपालको आवाज उठाएका छन्।

PCCi MELa

स्विटजरल्यान्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ४७ औँ सत्रको समानान्तर कार्यक्रममा उनले यो आवाज उठाएका हुन्। स्विटजरल्यान्डको जुरिचबाट सञ्चालन गरिएको Indian Hegemony and Interferences in Nepal विषयको एक वेबिनारमा हिजो १२ जुलाईको साँझ ४ बजे काठमाडौंबाट सहभागी हुँदै उनले अन्तर्राष्ट्रिय मञ्चमा ग्रेटर नेपालको माग दोहोर्याकएका हुन्।

AIBaraem Association for Charitable Work , European Institute for Economics , Political and Social Research , Universal Human Rights Council , International Human Rights Movement र Geneva School of Business and Economics नामक पाँच संस्थाको प्रायोजनमा भएको उक्त वेबिनारको moderator मा University of Savoie Mont Blank– France की मेगान सेभेराक रहेकी थिइन्।

ग्रेटर नेपालका फणीन्द्र नेपाललाई मुख्य प्रस्तोता बनाइएको जुरिचबाट सञ्चालित र जेनेभाबाट प्रसारित उक्त वेबिनारमा अन्तर्राष्ट्रिय युवा समाज, नेपालका सभापति डा. पिया रत्न महर्जन र श्रीलंकाका Research fellow डा. एम शरीफ असीसले नेपालमा इन्डियाको प्रभुत्ववादी व्यवहार र हस्तक्षेपका विषयमा चर्चा गरेका थिए। वेबिनारका मुख्य प्रस्तोता फणीन्द्र नेपालले इन्डियाले नेपालमा प्रदर्शन गरेको प्रभुत्ववादी व्यवहार र उसले यहाँ प्रत्येक क्षेत्रमा गरेको हस्तक्षेप तथा पुर्याएको अवरोधका बारेमा गरेका थिए। उनले करिब ६०००० वर्ग किलोमिटर नेपाली भूमिमा सात दशकभन्दा बढी समयदेखि उपनिवेश कायम गर्दै आइरहेको भन्दै त्यसबाट मुक्तिका निम्ति इन्डियालाई दबाब दिन अन्तर्राष्ट्रिय जगत्लाई आह्वान गरेका थिए।

यसका अतिरिक्त उनले लिम्पियाधुरा-कालापानी-लिपुलेकलाई इन्डियाको राजनीतिक नक्सामा राखेर खुला रूपमा अतिक्रमण, कब्जा र विस्तार गरेको, तराईको सिमानामा अन्तर्राष्ट्रिय कानुनविपरीत सडक र बाँध निर्माण गरी पानीको प्राकृतिक बहाव रोकेर नेपाली किसानको खेतीयोग्य जमिन डुबाई अस्तव्यस्त बनाएको र इन्डियाली नागरिकता ऐनमा संशोधन गरेर इन्डियाको निर्माण हुनुभन्दा सयौं वर्ष अघिदेखि बसिरहेका नेपालीभाषीलाई आफ्नै देशमा शरणार्थी बनाई मानवअधिकारमाथि खुल्ला रूपमा प्रहार गरेको आरोप लगाएका थिए।

कमेन्ट्स
Loading...