सुचना, समाचार र मनोरन्जन

साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाउन सरकारको सिफारिस

साउन ३ गते अपरान्ह ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन सिफारिस

  •  
  •  
  •  
  •  

सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते अपरान्ह ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन सिफारिस गरेको सरकारका प्रवकता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

जेठ ७ गते तत्कालीन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन आदेश दिएको थियो ।

सोहीअनुसार सरकारले साउन ३ गते दुबै सदनको बैठक बोलाउन सिफारिस गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने प्रचलन छ।

कमेन्ट्स
Loading...