सुचना, समाचार र मनोरन्जन

एमाले स्थायी कमिटी बैठक च्यासलमा : नेपाल पक्ष भन्छ- रोक्नका लागि जान्छौं

पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन हुने।यसअघि पार्टीका बैठक अधिकांश प्रधानमन्त्री निवास बालुवाटारमा हुने गर्थे । माधव नेपाल पक्षले भने बैठक सार्न गर्यो आग्रह ।

  •  
  •  
  •  
  •  

नेकपा एमाले स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बसिरहेको छ। सरकारबाट बाहिरिएपछि पहिलोपटक एमालेको बैठक बसेको हो ।

प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा पार्टीको आधिकारिक धारणाबारे आजको बैठकमा छलफल हुनेछ। पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन हुनेछ ।

यसअघि पार्टीका बैठक अधिकांश प्रधानमन्त्री निवास बालुवाटारमा हुने गर्थे । अध्यक्ष केपी शर्मा ओली सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री पदबाट हटेपछि पहिलोपटक बालुवाटार बाहिर एमालेको बैठक बसेको हो ।

माधव नेपाल पक्षले भने बैठक सार्न आग्रह गरेको छ । नेपाल समूहका नेता भीम आचार्यले आफूहरू बैठकमा गए पनि छलफलका लागि नभएर बैठक स्थगित गर्न आग्रह गर्न जाने बताए।

आजको बैठकले १० बुँदे सहमति अनुमोदन,अदालतको फैसलाको समीक्षा र पार्टीको आगामी रणनीतिबारे छलफल गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

कमेन्ट्स
Loading...