सुचना, समाचार र मनोरन्जन

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने

  •  
  •  
  •  
  •  

काठमाडौं : छिमेकी चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताएकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको राजदूत यान्छीले जानकारी दिएकी हुन्।यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने नेपालले किनेको ४० लाख डोज खोपमध्ये ८ लाख डोज आइसकेको छ।

कमेन्ट्स
Loading...