सुचना, समाचार र मनोरन्जन

विश्व एक्वेटिक दिवस पोखरामा सम्पन्न

news

  •  
  •  
  •  
  •  

पोखरा / विश्व एक्वेटिक दिवस एक कार्यक्रम गरी पोखरामा मनाइएको छ। कास्की जिल्ला पौडी संघले कोभिड १९ का कारणलाई मध्यनजर गर्दै विशेष कार्यक्रम गर्न नसकेको संघका अध्यक्ष वैभव पौडेलले जानकारी दिए।

विश्व एक्वेटिक दिवसका दिन पोखरामा हरेक वर्ष पौडी खेलका प्रतियोगिता भएपनि यसपालि भने कार्यक्रम आयोजना गर्न नसकेको उनले बताए। उनले परिचयसँग भने, ‘आजको कार्यक्रममा समेत हामीले धेरैलाई निम्तो पठाउने अवस्था रहेन्। सिमित खेलाडी अभिभावक, रेफ्रि र प्रशिक्षकका बिच बगैँचा रिसोर्टको पौडी पोखरीमा कार्यक्रम आयोजना गरेका हौं।’

जिल्ला खेलकुद विकास समिती कास्कीका कार्यालय प्रमुख प्रकाश बराल प्रमुख अतिथी रहेको कार्यक्रममा, नेपाल पौडी संका केन्द्रिय सदस्य विप्लव पौडेल, पौडी प्रशिक्षक आनन्द कुवंर लगायतको सहभागिता रहेको उनले जानकारी दिए।

संघले आफ्नो स्थापनाको दिनलाई एक्वेटिक दिवसको रुपमा हरेक वर्ष मनाउँदै आएको छ।

कमेन्ट्स
Loading...