सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदै, प्रस्ताव संसद सचिवालयमा दर्ता

  •  
  •  
  •  
  •  

काठमाडौं /

प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्। विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्रीद्वारा सभामुखमार्फत संसद् सचिवालयमा दर्ता भइसकेको जनाइएको छ।

आज बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिने सभामुखको सचिवालयले जनाएको छ।सर्वोच्च अदालतले पुनर्स्थापना गर्न आदेश दिएको प्रतिनिधिसभाको बैठक आज अपराह्न चार बजे बस्दै छ ।

संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ। सभामुखले आजै दोस्रो बैठक राखेर विश्वासको मत लिने प्रस्ताव अगाडि बढाउनेछन्।

कमेन्ट्स
Loading...