सुचना, समाचार र मनोरन्जन

गोर्खा क्लासिकले ‘वोमेन्स पावर्लिफ्टिङ च्याम्पियन्शिप’ २०२१ आयोजना गर्ने

गोर्खा क्लासिक पोखराले यही कार्तिक ५ र ६ गते पोखरा रंगशालामा आयोजना गर्न लागेको वोमेन्स पावर्लिफ्टिङ च्याम्पियन्शिप २०२१ को सन्दर्भमा संस्थाका जिम्मेवार प्रतिनिधिहरुबीच प्रारम्भिक अन्तर्क्रिया एबं पूर्बतयारी छलफल सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा भएको पूर्बतयारी छलफलमा, संस्थाका पोखरेली सल्लाहकार, मिडिया पार्टनर लगायतका प्रतिनिधि सदस्यहरुका बीचमा तयारीका बिबिध बिषयहरुमा प्रारम्भिक छलफल भएको छ। यसअधि सेप्टेम्बर २८, २०१९ मा पोखरा सभागृहमा वोमेन्स बिकिनी एन्ड फिजिक चाम्पिओन्शिप आयोजना सफलतापूर्बक सम्पन्न गरीसकेको गोर्खा क्लासिक पोखराले यसबर्ष भने शारीरिक सुगठन बिधाकै ६० कि .ग्रा. र ६० कि. ग्रा. माथि तौलको भरोत्तोलन प्रतियोगिता गर्न लागिएको जनाईएको छ।

खेलकुद नगरी पोखराको खेल जगतमा नया उचाई थप्ने अभिप्रायका साथ अगाडि बढीरहेको शारीरिक सुगठन खेल सम्बद्ध संस्था गोर्खा क्लासिक पोखराले यस भरोत्तोलन प्रतियोगितामा ६० केजी भन्दा माथिको र ६० केजी भन्दा तल बिधामा बिधागत रुपमा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीहरुले क्रमशस् २०,०००, १५,००० र १०,००० प्राप्त गर्ने साथै शीर्ष प्रतियोगिता पुरस्कार जित्न सफल खेलाडीले रु ८०,००० मेडल, प्रमाणपत्र र गोर्खा क्लासिक बेल्ट प्राप्त गर्ने बताईएको छ।

पोखरेलीमाझ छुट्टै खेलको पहिचान बनाउन सफल गोर्खा क्लासिक पोखराको यस प्रतियोगितामा आइडिया फोर वर्ड युके नामक कम्पनीले शीर्ष बिधागत पुरस्कार रु ८०,०००, युके नेपाल इन्टरनेश्लल फेडरेसन बडिबिल्डिङ लिग युके, गोर्खा वाच युके, तोल्का भिलेज रिसोर्ट, मेरी कफी, ढोरबाराही ज्वेलर्स लगायतका संघसंस्था एबं कम्पनीहरुले प्रायोजन गरेको बताईएको छ।

कमेन्ट्स
Loading...