सुचना, समाचार र मनोरन्जन

कोरोना कहरको बीच साउनको पहिलो साेमबार, ( हेर्नुहोस् फोटोफिचर )

हिन्दुहरुको धार्मिकस्थल पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको भीड । कोरोनाका कारण मन्दिर बन्द गरिए पनि भक्तजनहरुको उल्लेख्य उपस्थिति।

  •  
  •  
  •  
  •  

आज पहिलो साउने सोमबार, हिन्दुहरुको धार्मिकस्थल पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । कोरोनाका कारण मन्दिर बन्द गरिए पनि भक्तजनहरुको उल्लेख्य उपस्थिति छ ।

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गरेकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान् शिवका हजार नाममध्ये एक हो ।

मन्दिर परिसरमा पुगेका मानिसहरुले भने कोरोनाको महामारीलाई बेवास्ता गरिएको दृश्यमा देख्न सकिन्छ। त्यहाँ उपस्थित भक्तजनहरुले भौतिक दूरी पालन गरेका थिएनन् ।

भगवान् शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ । यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

मन्दिर बन्द भएका कारण भक्तजनहरुले पूजा गर्न पाएनन्। तर भक्तजनहरुले वरपरका मन्दिर परिक्रमा र मूर्ति पूजा गर्दै शिवलिङ्गमा जल चढाएर महादेवको पूजा गरेका छन् ।

 

कमेन्ट्स
Loading...