सुचना, समाचार र मनोरन्जन

लक्ष्मी बैंकका ग्राहक बने  ‘युरो कप विथ फोनलोन’ को विजेता

  •  
  •  
  •  
  •  

पोखरा /

लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता भएका छन् । फोनलोनले संचालन गरेको ३ हप्ता लामो ‘युरो कप विथ फोनलोन’ अभियानका विजेता खतिले ५५ इन्च स्मार्ट टिभी जितेका छन् ।

असार १ गते देखी २३ गतेसम्म संचालन भएको यस अभियानमा लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी भएका थिए । कम्पनीको अनुसार यस अभियानमा विजेताको छनौट फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’ मार्फत गरिएको हो ।

कमेन्ट्स
Loading...