सुचना, समाचार र मनोरन्जन

धरानमा पनि डिशहोमको फाइबरनेट सेवा

  •  
  •  
  •  
  •  

पोखरा । डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गर्ने क्रममा धरानमा पनि इन्टरनेट सेवा सुरु गरेको छ । आफ्ना डिटिएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२०मा डिशहोमले फाइबरनेट सेवा सुरु गरेको हो ।

डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट, निःशुल्क डिशहोम गो एप र एक्सभिओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।

यसको फाइबरनेटका योजनाहरु १० एमबिपिएस देखि १०० एमबिपिएससम्म उपलब्ध छन् । काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, ढल्केबर र बिराटनगर र धरानमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

कम्पनीले छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि पुग्ने जानकारी दिएको छ ।

कमेन्ट्स
Loading...