सुचना, समाचार र मनोरन्जन

तीन नयाँ मोडेलका साथ ग्रेट वाल मोटर्स नेपाली बजारमा

  •  
  •  
  •  
  •  

पोखरा /

ग्रेट वाल मोटर्स (जीडब्लुएम) नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीहरुको साथमा प्रवेश गरेको छ । उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारका लागि ग्रेट वाल मोटर्सका गाडीहरु पर्यायवाची नैं बनिसकेका छन् ।

नेपालको अटोमोटिभ डिलरशिप क्षेत्रमा विविध अनुभव बोकेको बिशाल ग्रुपको सहायक संस्था भीजी इम्पेक्स प्रा लि नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक विक्रेता हो ।

विभिन्न क्षेत्रहरुमा सफलता संगालेको अनुभवलाई उपयोग गर्दै भीजी इम्पेक्सले जीडब्लुएमसँग सहकार्य गर्दै अहिले दुईवटा एसयूभी र एक पिक–अप मोडेल बजारमा ल्याएको छ । यी तीनै वटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहनेमा कम्पनी विश्वस्त छ ।

ग्रेट वाल मोटर्सको शोरुम थापाथलीमा रहेको छ र निकट भविष्यमा उपभोक्तालाई उच्चस्तरको अनुभव दिन देशभरि नैं शोरुमहरुको बृहत संजाल फैलाउने योजना रहेको कम्पनीले जनाएको छ ।

हालको अवस्थामा सुधार आउनासाथ ग्रेट वाल मोटर्सले नविन तरिकाले आफ्ना ब्राण्ड र सामानहरु उपभोक्ता माझ प्रस्तुत गर्ने छ । यस अतिरिक्त उच्चस्तरीय सर्विस सेन्टरको पनि निकट भविष्यमा निर्माण गरिंदैछ । भी।जी। इमपेक्सले ग्रेट वाल मोटर्सको फोरएस सर्भिसेस ९सेल्स, सर्भिस, स्पेयर्स र सर्वे (कस्टमर केयर) मा विशेष ध्यान दिदैं अन्तराष्ट्रिय स्टाण्डर्डको सर्भिस सेन्टर पनि स्थापना गर्ने भएको छ ।

कमेन्ट्स
Loading...