सुचना, समाचार र मनोरन्जन

सिरियामा इजरायली मिसाइल आक्रमण

  •  
  •  
  •  
  •  

बुधबारको मध्यरातिदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको छ। सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको हो।

बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको सिरियाको समाचार समिति सानाले जनाएको छ। सानाका अनुसार गत राति मध्यदेखि सिरियामा सो हमला भएको हो।उक्त साना समाचार समितिले सो हमला इजरायली सेनाले गरेको पुष्टि भएको पनि बताएको छ।

मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रमा सो हमला केन्द्रित रहेको पाइएको छ। उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा गरेर मिसाइल प्रहार गरेको छ। त्यसबाट भएको हताहतको समाचार भने आएको छैन। ती आक्रमणबाट के कति मानिस हताहत भएका छन् भन्ने बारेमा खोजी भएको बताइएको छ।

केही दिनयतादेखि इजरायलले सिरियामाथि हमला गरिरहेको छ। गत सोमबार मात्र पनि इजरायलले उत्तरी सिरियाली सहर अलेपोमा आक्रमण गरेको थियो। यस विषयमा सिरियाले भने कुनै प्रतिक्रिया दिएको छैन। सिरियामा अहिले पनि हिंसा जारी रहेको छ र विभिन्न हिंसात्मक समूहहरुका कारण नागरिकको ज्यान जाने क्रम जारी छ।

कमेन्ट्स
Loading...