सुचना, समाचार र मनोरन्जन

भारतको अखबार दैनिक भाष्करमा छापा

  •  
  •  
  •  
  •  

भारतको अखबार दैनिक भास्करको कार्यालयमा सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्टले छापा मारेको छ ।

आज बिहान जयनगर स्थित कार्यालयमा सीबीडीटीले छापा मारेको बोर्डका प्रवक्ता सुरभि अहलुवालियाले पुष्टि गरेका छन्।। सुरभिले भने, ‘दैनिक भास्करको कार्यालयमा सीबीडीटीको काम चलिरहेको छ।

हामीले यस सम्बन्धमा यति मात्र भन्न सक्छौं।’ कार्यालयमा छापा मार्नुको कारण बारे केहि बताइएको छैन। दैनिक भास्करका राष्ट्रिय सम्पादक लक्ष्मी प्रसाद पन्तले केही टोली जयपुर कार्यालयमा बोर्डमा सदस्य पुगेको बताए। तर, छापा मार्नुको कारण बारे आफुहरूलाई पनि थाहा नभएको पन्तले उल्लेख गरेका छन्। दैनिक भास्कर भारतको प्रसिद्ध समाचार संस्थान हो।

कार्यालयमा छापा मारेपछि दिल्लीका मुख्यमन्त्रीले भाजपा सरकारले मिडियालाई डर देखाउन खोजेको बताएका छन्। एक ट्विट लेख्दै उनले भने, ‘भाजपा सरकारको गल्तिबारे समाचार लेखेको भरमा मिडियालाई डर देखाउनु एकदम खतरनाक विषय हो।’

कमेन्ट्स
Loading...