सुचना, समाचार र मनोरन्जन

केपी ओलीको घोषणा : माधव पक्षलाई आममाफी भयो, सबै आउनुस्

ओलीले गरे मिलेर काम गर्न आह्वान । नेपाल समूहको नाम नलिइकन सबैलाई माफी दिएको घोषणा। राजतन्त्रलाई आदर्श मानेर हिँड्नु आश्चर्यजनक रहेको टिप्पणी ।

  •  
  •  
  •  
  •  

काठमाडौं /

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षतर्फ लक्षित गर्दै उनीहरू पार्टीमा आए आममाफी दिने बताएका छन्।

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका छन्, ‘बाटो बिराएका, भड्किएका साथीहरूलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।’

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गरेका छन्। उनले नेपाल समूहको नाम नलिइकन सबैलाई माफी दिएको घोषणा गरेका थिए।

बुधबार मात्रै ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भएको बताएका थिए। ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गरे ।

ओलीले बुधबार नै २२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। तर, बिहीबार भने उनले सबैलाई माफी दिने घोषणा गरेका छन् । उनले भने, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई लोकतान्त्रिक पार्टी ठान्ने काँग्रेसले विगतमा संवैधानिक राजतन्त्रलाई आदर्श मानेर हिँड्नु आश्चर्यजनक रहेको टिप्पणी गरेका थिए ।

कमेन्ट्स
Loading...