सुचना, समाचार र मनोरन्जन

नेपालमा कोरोना : थप २,७१४ जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा १ हजार २८८ जना कोरोनाबाट मुक्त

  •  
  •  
  •  
  •  

काठमाडौं /

पछिल्लो २४ घण्टामा २,७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,१२२ पीसीआर परीक्षणमा १८५५ जना र ३,७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

थप २४ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ। पछिल्लो २४ घण्टामा १ हजार २८८ जना कोरोनाबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको संख्या ९४.५ प्रतिशत रहेको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ जना रहेका छन् । जसमध्ये २४ हजार ६१६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३५ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

कमेन्ट्स
Loading...