सुचना, समाचार र मनोरन्जन

आजदेखि लामा तथा छोटा दूरीका सम्पूर्ण सार्वजनिक यातायात खुलाउने निर्णय

निषेधाज्ञालाई थप खुकुलो तुल्याउँदै लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय।टिकट काटेर मात्रै यात्रा गर्न प्रशासनको आदेश । उपत्यकाका तीन जिल्ला प्रशासनहरुको बैठकले थप आदेशहरु जारी गर्ने।

  •  
  •  
  •  
  •  

शुक्रबारदेखि लामा तथा छोटा दुरीका सम्पूर्ण सार्वजनिक यातायातहरू पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो तुल्याउँदै लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो ।

शुक्रबार राजधानीमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका जिल्ला प्रमुख (सीडीओ) कालीप्रसाद पराजुली, महानगरीय प्रहरी परिसर, टेकुका प्रहरी वरिष्ठ उपरिक्षक अशोक घिमिरे, सशस्त्र प्रहरी उपरिक्षक विष्णुप्रसाद भट्ट, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरिक्षक सुनिलजङ्ग शाहीसहित यातायात व्यवसायी मजदुरहरुको संयुक्त बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका अधिकतम प्रयोग गरी सार्वजनिक यातायात पूर्ण रुपमा खोल्ने निर्णय गरेको हो ।

लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर यात्रा गर्न समेत प्रशासनले भनेको छ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार लामो दूरीको यातायात खुला गरिएको प्रशासनले जनाएको छ । उपत्यकामा साउन लागेसँगै बढेको भाइरस संक्रमणलाई मध्यनजर गर्दै १० गते नै बस्ने उपत्यकाका तीन जिल्ला प्रशासनहरुको बैठकले थप आदेशहरु जारी गर्ने भएको छ ।

कमेन्ट्स
Loading...