सुचना, समाचार र मनोरन्जन

काठमाडौंमा युथ फोर्सको शक्ति प्रदर्शन, भ्याली कमाण्ड घोषणा हुँदै [ हेर्नुहोस् तस्बिरहरू ]

अध्यक्ष केपी शर्मा अ‍ोलीको उपस्थितिमा हुन लागेको घोषणा कार्यक्रममा सपथ पनि गराइने ।

  •  
  •  
  •  
  •  

काठमाडौं /

नेकपा एमालेको युवा संगठन युथ फोर्सको काठमाडौं उपत्यकास्तरीय समिति (भ्याली कमान्ड) शनिबार घोषणा हुँदैछ । उक्त घोषणा कार्यक्रमअघि युथ फोर्सले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको उपस्थितिमा हुन लागेको घोषणा कार्यक्रममा सपथ पनि गराइने छ । शपथ ग्रहण कार्यक्रमअघि युथफोर्सले काठमाडौँमा मोटरसाइकल र्‍याली गरेर शक्ति प्रदर्शनसमेत गरेको छ ।

माइतीघरदेखि नयाँ वानेश्वर हुँदै युथ फोर्सको र्‍याली कार्यक्रमस्थल बबरमहलस्थित कार्की ब्यांकेटमा पुगेर सभामा परिणत भएको छ ।

हेर्नुहोस् तस्बिरहरू

कमेन्ट्स
Loading...