सुचना, समाचार र मनोरन्जन

जीआईसीको सीईओममा श्रेष्ठ नियुक्त, नेपाल इन्स्योरेन्समा पोखरेलले पाए कामुको जिम्मेवारी

  •  
  •  
  •  
  •  

काठमाडौँ /

जनरल इन्स्योरेन्स कम्पनी (जिआईसी)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)  मा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई सीईओ नियुक्तिका लागि सञ्चालक समितिले मागेको अनुमतिमा शुक्रबार बीमा समितिले शुक्रबार स्विकृती दिएको हो ।

उनी सोही कम्पनीको कामु सीईओको रूपमा कार्यरत थिए । कम्पनीका सीईओ एसके टमोटको कार्यकाल सकिएपछि उक्त पद खाली रहँदै आएको थियो ।

यता,  नेपाल इन्स्योरेन्सको कायम मुकाय (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी ईश्वर पोखरेलले पाएका छन् । साउन ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।

सीईओ विजयबहादुर साहको कार्यकाल सकिएसँगै कम्पनीले पोखरेललाई कामु सीईओमा नियुक्त गरेको हो । हाल उनी कम्पनीको डेपुटी सीईओको पदमा कार्यरत छन् ।

कमेन्ट्स
Loading...