जनता समाजवादी पार्टी (जसपा) को विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् ।
उनलाई सोमबार दिउँसो निर्वाचन आयोग पुर्याइएको हो। यसअघि उनको हस्ताक्षर जेलबाटै सनाखत गर्ने तयारी थियो। आयोगले पनि जेलमै गराउन पत्र पठाएको थियो।
डिल्लीबजार कारागारबाट आयोगमा उपस्थित भएका उनले केहीबेर नेताहरुसँग छलफल गरेका थिए । छलफलपछि उनले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको भन्दै मुल पार्टी जसपा भएकाले तटस्थ बस्ने निर्णय लिएका छन् ।
चौधरीलाई आयोग लैजाँदा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह नै आयोगमा खटिएका थिए।
आयोग परिसरबाट बाहिरिने क्रमममा उनले आफ्नो एकमात्र एजेण्डा न्याय, न्याय र न्याय रहेको बताए । उपेन्द्र यादवको पक्षमा ३४ जनाको हस्ताक्षर सनाखत भएको छ भने महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन्।
