सुचना, समाचार र मनोरन्जन

पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदीले नेपालमा ईपीएल क्रिकेट खेल्ने

अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनका तर्फबाट खेल्ने

  •  
  •  
  •  
  •  

काठमाडौँ /

एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानी क्रिकेट स्टार शाहीद अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनका तर्फबाट खेल्ने भएका छन् ।

ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स-११ बाट अफ्रिदीले खेल्नेछन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनिक प्लेअरको रुपमा ल्याएको हो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा शाहिद अफ्रिदी भिडियो कन्फ्रेन्सका माध्यमबाट जोडिएका थिए । उनले काठमाडौँ किङ्ग्स इलेभेनमा आफू अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै नेपालमा क्रिकेट खेल्न उत्साहित भएको प्रतिक्रिया जनाए ।

४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ ओडिआई र ९९ टी-२० आई खेलेका छन् । पाकिस्तानका पूर्वकप्तान समेत रहेबा अफ्रिदीले तीन फर्म्याटमा गरी ११ हजारभन्दा बढी रन बनाएका छन् ।

इपिएलको चौथो संस्करण आगामी असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा खेलाइने कार्यतालिका छ ।६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

कमेन्ट्स
Loading...