सुचना, समाचार र मनोरन्जन

जसपा विवाद : उपेन्द्र यादव पक्षले पायो पार्टीको आधिकारिकता

५१ सदस्यीय मध्ये रेशम चौधरी तटस्थ बसेका। ५० जना मध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले गरे हस्ताक्षर ।

  •  
  •  
  •  
  •  

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ। यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो।

जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो ।

आयोगले ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिकता मान्दै अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा ‘हेड काउन्ट’ गरेको थियो। ५१ सदस्यीय मध्ये रेशम चौधरी तटस्थ बसेका थिए।

पक्ष बिपक्षमा भएका ५० जना मध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए।

कमेन्ट्स
Loading...