सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता : मन्त्रिपरिषद् विस्तारबारे छलफल

बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल

  •  
  •  
  •  
  •  

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो ।

उनीहरूबीच मन्त्रिपरिषद बिस्तार, गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रमलगायत विषयमा कुराकानी भएको स्रोतले जानकारी दिएको छ। देउवा नेतृत्वको सरकारमा चार जना मन्त्री र एक राज्यमन्त्री मात्रै छन्।

प्रचण्डसँग छलफल गरे लगत्तै प्रधानमन्त्री देउवा कांग्रेस पदाधिकारी बैठकका लागि बुढानीलकण्ठतर्फ लागेका छन् । पार्टीमा पनि सरकार विस्तारका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

यसैबीच दुई दिन अघि देउवाले एक जना राज्यमन्त्री थपेका थिए । यसअघि गठबन्धनका शीर्ष नेताहरु देउवा र प्रचण्डसहित माधवकुमार नेपाल,उपेन्द्र यादव र चित्रवहादुर केसीबीच पनि छलफल भएको थियो ।

कमेन्ट्स
Loading...