सुचना, समाचार र मनोरन्जन

मुक्तिनाथले ल्यायो मासिक ब्याज पाउने आकर्षक बचत खाता

  •  
  •  
  •  
  •  

पोखरा /

मुक्तिनाथ विकास बैंक लिमिटेडले मासिक ब्याज पाउने आकर्षित बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने “मुक्तिनाथ सम्बृद्धि बचत खाता” सञ्चालनमा ल्याएको हो ।

ग्राहकहरुले मात्र एक सय रुपैयाँको न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता खोल्न सक्नेछन् । यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५ं।२५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।

साथै पहिलो वर्षको लागि निशूल्क मोबाईल बैंकिङ्ग तथा निशूल्क इन्टरनेट बैंकिङ्गको सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

कमेन्ट्स
Loading...