सुचना, समाचार र मनोरन्जन

अर्थतन्त्र संकटमा छ भन्ने भाष्य गलत छ: उद्योगमन्त्री रिजाल

काठमाडौँ/

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्रमा समस्या छ भनेर नकारात्मक प्रचार गरिएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रमा हल्ला गरिए जस्तो समस्या नभएको र जबरजस्ती गलत भाष्य सिर्जना गरिएको बताए ।

अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने भन्दै उनले एकले अर्कालाई दोष दिएर समस्या समाधान नहुने बताए । ‘अर्थतन्त्र बिग्रियो खत्तमै भयो भन्ने भाष्य गलत छ,’ मन्त्री रिजालले थपे,’ सबै पक्ष मिलेर अघि जाने हो । एक अर्कोलाई दोष थोपरेर हिंड्नु गलत छ ।’

मन्त्री रिजालले ब्याजदर कम गर्न सरकारले पहल गर्नुपर्ने पनि बताए।

Leave A Reply

Your email address will not be published.