सुचना, समाचार र मनोरन्जन

गंगा चौधरीको आरोप : नारदमुनीमाथि माधव नेपालको दुर्व्यवहार थारु समुदायको अपमान

  •  
  •  
  •  
  •  

काठमाडौं /

नेकपा एमालेकी सांसद गंगा चौधरीले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सांसद नारमुनी रानामाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन् ।

समिति बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सांसद रानालाई प्रतिगमनको मतियार, बाहिर जानुस् भनेका थिए । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद चौधरीले उक्त घटना समस्त थारु समुदायको अपमान भएको बताइन् ।

चौधरीले भनिन्, ‘यो एउटा सार्वभौमक जनताको प्रतिनिधिको मौलिक हक र वाक स्वतन्त्रतामाथिको हमलामात्र होयन समस्थ थारु सुमदायको अपमान पनि हो । आगामी दिनमा यस्तो घटना दोहो¥याए थारु समुदायलाई स्वीकार्य नहुने बताइन् ।

कमेन्ट्स
Loading...