सुचना, समाचार र मनोरन्जन

फेरी गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गर्ने माओवादी निर्णय

यस्तै तिलक परियारलाई पनि प्रदेश २ को प्रमुखमा पठाउने निर्णय । देउवा नेतृत्वको सरकारले गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुख फेर्न गर्यो तयारी । सत्तासाझेदार माओवादीले उनीहरूलाई पुरानै जिम्मेवारीमा पठाउने निर्णय ।

  •  
  •  
  •  
  •  

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ । यस्तै तिलक परियारलाई पनि प्रदेश २ को प्रमुखमा पठाउने निर्णय गरेको छ।

मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले शेरचनलाई गण्डकी प्रदेश र परियारलाई प्रदेश २ का लागि पठाउने निर्णय गरेको हो ।

गण्डकीमा शेरचनलाई हटाएर यसअघि केपी ओली नेतृत्वको सरकारले सीता कुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।ओली नेतृत्वको सरकार हटेर बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुख फेर्न तयारी गरेको छ ।

ओली सरकारले गरेका नियुक्ति बदर गरेर नयाँ नियुक्ति गर्न आँटेका बेला सत्तासाझेदार माओवादीले उनीहरूलाई पुरानै जिम्मेवारीमा पठाउने निर्णय गरेको हो ।

कमेन्ट्स
Loading...