सुचना, समाचार र मनोरन्जन

मन्त्रिपरिषदलाई पूर्णता दिन बालुवाटारमा सत्ता गठबन्धनको बैठक, नेपाल अनुपस्थित

नेपाल पक्षबाट भने आजको बैठकमा पोलिटव्युरो सदस्य डा. विजय पौडेल सहभागी ।

  •  
  •  
  •  
  •  

काठमाडौँ /

मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारूढ गठबन्धन छलफलमा छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् ।

प्रधानमन्त्रीले गठबन्धनमा रहेका सबै शीर्ष नेतासँग मन्त्रिमण्डल विस्तार गर्न आन्तरिक गृहकार्य अगाडि बढाएको देखिन्छ । एमालेको माधव नेपाल पक्षबाट भने आजको बैठकमा पोलिटव्युरो सदस्य डा. विजय पौडेल सहभागी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत बैठकमा छलफल भएको छ।

गठबन्धनका नेताबीच सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । सरकारलाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागि परेका छन् ।

मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल गर्न गठबन्धन बैठक बसेको हो। देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन्। काँग्रेसबाट गृहमा बालकृष्ण खाँण र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ र माओवादीबाट अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसालले जिम्मेवारी पाएका छन् ।

कमेन्ट्स
Loading...