सुचना, समाचार र मनोरन्जन

यस्तो छ, राष्ट्रपति भण्डारीबाट उद्घाटन भएको युद्ध संग्रहालय {हेर्नुहोस् तस्बिरमा}

६ करोड ५० लाख रूपैयाँको लागतमा निर्माण सम्पन । संग्रहालय ६ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ। अङ्ग्रेज सेनासँगको युद्धका महत्वपूर्ण हातहतियार तथा दस्तावेज सङ्ग्रहित ।

  •  
  •  
  •  
  •  

राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्व संग्रहालयको उद्घाटन गरेकी छन्। बिहान हेलकप्टर चढेर सिन्धुलीमाडी पुगेकी भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् । कमलामाई नगरपालिकासँगको सहकार्यमा नेपाली सेनाले युद्व संग्रहालय निर्माण गरेको हो। २०७६ कात्तिक २४ गते संग्रहालयको शिलान्यास गरिएको थियो ।

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते शिलान्यास गरिएको थियो । ६ करोड ५० लाख रूपैयाँको लागतमा निर्माण भएको संग्रहालय ६ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ। संग्रहालयमा वीर योद्वाको परिचय, तत्कालीन समयमा प्रयोग भएका हातहतियारलगायत राखिएका छन्।

उद्घाटनपछि सङ्ग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरिने जनाइएको छ। सङ्ग्रहालयमा अङ्ग्रेज सेनासँगको युद्धका महत्वपूर्ण हातहतियार तथा दस्तावेज सङ्ग्रह गरिएको छ। सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइन आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।

कमेन्ट्स
Loading...