सुचना, समाचार र मनोरन्जन

नेपालमा कोरोना : थप ३,८४० जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना कोरोना संक्रमणमुक्त

  •  
  •  
  •  
  •  

काठमाडौं /

पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कमेन्ट्स
Loading...