सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता : मन्त्रिमण्डल विस्तारको तयारी

मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका साझा कार्यक्रम ल्याउने विषयमा छलफल । मन्त्रिपरिषद विस्तार गरेर पूर्णता दिने प्रयासमा रहेपनि गठबन्धनभित्रका दलहरूको आन्तरिक किचलोका कारण ढिलाई ।

  •  
  •  
  •  
  •  

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल भएको हो। स्रोतकाअनुसार ९:३० मा भेटवार्ता सकिएको छ।

सत्ता गठबन्धनको बैठक बस्ने भनिए पनि देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो । भेटवार्ता सकेर प्रधानमन्त्री देउवा सिंहदरबार प्रस्थान गरेका छन् । मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका साझा कार्यक्रम ल्याउनेलगायत विषयमा उनीहरूबीच कुराकानी भएको स्रोतको भनाइ छ।

देउवाले गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । देउवा तत्काल आफ्नो नेतृत्वको मन्त्रिपरिषद विस्तार गरेर पूर्णता दिने प्रयासमा रहेपनि गठबन्धनभित्रका दलहरूको आन्तरिक किचलोका कारण ढिलाई हुदै आएको छ ।

बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल पक्षले भने सरकारमा सहभागी नहुने बताएका थिए । तर शीर्ष नेताहरूको बैठकले छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने समझदारी भने गरेका थिए।

प्रचण्डले आज देउवालाई आफ्नो पार्टीबाट मन्त्री बनाउन लागिएका नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बुझिएको छ । देउवा नेतृत्वको सरकारमा माओवादीका जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा गैसकेका छन् । अहिलेसम्म माओवादीका दुईसहित काँग्रेसका वालकृष्ण खाँड,ज्ञानेन्द्र कार्की र उमेश श्रेष्ठले मन्त्रीको जिम्मेवारी पाएका छन् ।

कमेन्ट्स
Loading...