सुचना, समाचार र मनोरन्जन

फोनपेको नयाँ योजनाः  ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’

  •  
  •  
  •  
  •  

पोखरा /

‘फोनपे’ले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ उपहार योजना सार्बजनिक गरेको छ । देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

फोनपेको नेटवर्कमा आवद्ध भैसकेका र आवद्ध हुन चाहने साना – ठूला सबै व्यावसायलाई समेट्ने यो योजना श्रावण १३ गतेदेखि तीन महिनासम्म सञ्चालन हुनेछ । यस योजनामा हरेक दिन क्यूआर आर्फत भुक्तानी लिने व्यवसायी (मर्चेन्ट)ले हरेक दिन एक लाख रूपैयाँ जित्न सक्नेछन् ।

यस योजनामा सहभागि हुनका लागि फोनपे बिजनेसमा रजिष्ट्रर भएको हुनुपर्नेछ भने उपहार योजनामा सहभागि हुनका लागि फोनपे मार्फत दैनिक भुक्तानी लिएको हुनुपर्नेछ । फोनपे बिजनेसमा आवद्ध हुन फोनपे बिजनेस एप डाउनलोड गरी आफ्नो व्यवसायको प्याननम्बर मार्फत आफै रजिष्ट्रर हुन सकिन्छ । साथै नजिकै रहेको बैंक तथा वित्तीय संस्था तथा डिजिटल वालेट कम्पनी मार्फत पनि मर्चेन्ट बन्न सकिनेछ ।

यस योजनामा हरेक दिन बिहान १२ बजे देखि राति ११ः५९ सम्म कारोबार गर्ने सबै व्यवसायी सहभागी हुने कम्पनीले जनाएको छ । यो योजनाका विजेता लक्की ड्र मार्फत छनोट गरिनेछ र विजेताको घोषणा हरेक दिन साँझ ५ बजे फोनपे बिजिनेसको फेशबुक लाइभ मार्फत गरिने छ ।

फोनपे पेमेन्ट सर्विस नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथावित्तीय संस्था आवद्ध छन् भने ४ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्तातथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।

कमेन्ट्स
Loading...